Chauthoanga - Nepali News Media
स्वास्थ्य मन्त्रालय द्वारा  पारासिटामोलको अभाव नभएको दाबी

काठमाण्डाै -स्वास्थ्य मन्त्रालयले  पारासिटामोलको अभाव नभएको दाबी गरेको छ । देशभर डेङ्गी फैलिएको र बिरामीले सिटामोल नपाएको गुनासो गरिरहँदा मन्त्रालयले यस्तो दावी गरेको हो ।

मन्त्रालयले पारासिटामोलको अभाव नभएको र काठमाण्डौ उपत्यकाका सरकारी अस्पतालमा पारासिटामोल निःशुल्क वितरण गरिएको जनाएको छ ।

मन्त्रालयले निकालेको विज्ञप्तिमा विभिन्न औषधि तथा भण्डारण केन्द्रहरुमा औषधि भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको उल्लेख छ ।

निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई पारासिटामोलको उत्पादन र आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण पनि भइरहेको मन्त्रालयले जनाएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ०७:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको