Chauthoanga - Nepali News Media
दाङमा बस दुर्घटना झण्डै तिन दर्जन यात्रु घाइते
दुर्घटनाका घाईतेहरुको राप्ती स्वाथ्य विज्ञाप प्रतिष्ठानमा उपचार गरिँदै । तस्विर श्रोत - निशानदाजू भट्टराई

दाङ- दाङको घोराही लमहि सडक खण्डमा यात्रुवहाक बस दुर्घटना हुँदा झण्डै तिन दर्जन यात्रु घाइते भएका छन् ।

घोराही बाट लमही जादै गरेको रा १ ख १८ ४५ नम्बरको बस घोराही उपमहानगरपालिका वार्ड नम्वर ३ चौपट्टा ओरालोमा अनियन्त्रीत भई दुर्घटना भएको हो ।

दुर्घटनामा चालक सहित ३३ जना घाइते भएको जिल्ला प्रहरीका कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जाकनारी दिनुभयो ।  

घाइतेहरुको उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको छ ।  बस चालकको बायाँ खुट्टामा गम्भिर चोट लागेको प्रहरी प्रवक्ता गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार गाडीको ब्रेक फेल भएर भित्तामा ठोक्किदा दुर्घटना भएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको