Chauthoanga - Nepali News Media
दाङ, प्यूठान, बाँकेलगायतका जिल्लामा अलर्ट, दिउँसोसम्म सतर्कता अपनाउन अनुरोध

दाङ – दाङ,प्यूठान, बाँकेलगायतका जिल्लामा बाढीको सम्भावना रहेको भन्दै अलर्ट जारी गरिएको छ ।यी जिल्ला भइ बहने धेरैजसो साना खहरे खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

पश्चिम राप्ती जलाधारको धेरै ठाउँमा पछिल्लो ६ घन्टा अति ठूलो पानी परेको छ । थप वर्षा हुने देखिएकाले पश्चिम राप्ती भालुवाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्न सक्ने अनुमान छ ।

ती क्षेत्रका नदी तटीय क्षेत्र र डुबान हुने होचा ठाउँमा सतर्कता अपनाउन भनिएको छ । महाशाखाले दशैँमा यात्रा गर्दा सडक तथा खोलाबारे पूर्वजानकारी लिन तथा धानबाली काट्ने र भित्र्याउने तयारी गरेको भए पूर्व तयारीमा ध्यान दिन आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १९, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको