Chauthoanga - Nepali News Media
अविरल वर्षाका कारण दाङको बंगलाचुलीमा एकको मृत्यु एक वेपत्ता विभिन्न ठाउँमा लाखौँको क्षती
kudule pahiro.jpg

कमिरेचौर - बंगलाचुली गाउँपालिकामा अबिरल बर्षा पछि आएको बाढिले बगाएर एक जना वेपता भएका छन भने एकजनालाइ पहिरोले पुरेको छ । बंगलाचुली गाउँपालिका वडा नं ४ गहतेरा निवासि अन्दाजी २७ बर्षिया हिरा नेपालीलाइ पहिरोले पुरेको हो ।पहिरोले पुरेकी हिराको शवलाई प्रहरीले निकालेर पोर्टमार्टमका लागि राप्ति स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ ।

यस्तै बंगलाचुली गाउँपालिका वडा नं ५ मा अवस्थित अर्जुन खोलाले बगाउदा बंगलाचुली ५ जहरे निवासी  १४ बर्षकी पार्वति नेपाली बेपत्ता हुनुभएको छ । उहाँलाइ हिजो दिउँसो खेलाले बेपता बनाएको र अहिले सम्म उहाँको अत्तेपत्तो नभएको पारिवारिक स्रोतले जनाएको छ । यस्तै सोही ठाउँमा खोलाले बगाउदा २ जना घाइते भएका छन । घाइते हुनेमा बंगलाचुली गाउँपालिका वडा नं ५ जहरे निवासी ५० बर्षका स्यामलाल सार्कि र सोहि ठाउँ निवासी ६३ बर्षिया पिमा बुढा रहनु भएको छ । उहाँहरुलाइ खोलाले बगाएको केहि समयमा उद्दार गरिएको थियो । ६३ बर्षिय पिमा बुढालाइ मुर्कुटिमा समान्य उपचार पछि घर लगीएको छ । र घाइते स्यामलाल सार्किको खुट्टामा चोट लागेको छ । 

pa 11665238976.jpg

यसैगरी अविरल वर्षाले बंगलाचुली गाउँपालिका वडा नम्वर ५ कुडुलेको करिब ५० घर उच्च जोखिममा रहेका छन् ।बस्तिको माथिबाट आएको पहिरोको कारण उक्त बस्ति नै उच्च जोखिममा रहेको छ । पहिरोले टिकाराम घर्ति मगर, रणबहादुर घर्ति मगर, बसन्त वली, रोम बहादुर घर्ति, ताम बहादुर घर्ति, चेत बहादुर पुन, दिल बहादुर पुन, केशर वली, जित बहादुर वली, होताराम वली र फनाधर घर्ति को घर उच्च जोखिममा रहेको छ । 

उहाँहरुलाई अहिले पहिरो गएको स्थानबाट सुरक्षित स्थानमा सारिएको छ । उहाँहरु  छिमेकी तथा आफन्तीको घरमा आश्रय लिएर बस्नुभएको छ । पहिरोले नेपाल राष्ट्रिय आधारभुत विद्यालय कुडुलेमा पनि क्षति गरेको छ । करिब ३५० विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालय पहिरोको उच्च जोखिममा परेपछि  विद्यार्थीको पढाइ पनि प्रभावित हुने अनुमान गरिएको छ । यस्तै सुधा माध्यामिक विद्यालयमा पनि विद्यालय भवनमाथि बाट आएको वाढीले प्राङ्गणमा क्षति गरको छ । भने विद्यालयको सौचालयमा समेत क्षति पुगेको छ । 

paa1665239015.jpg

यसैविच आज बंगलाचुली गाउँपलिका अध्यक्ष तुल्सीराम पुन शुवासले  वडा नम्वर ५ को विभिन्न स्थानमा वर्षात पछी आएको पहिरोले क्षतिपुर्याएको स्थानको स्थलगत अवलोकन गर्नु भएको । बंगलाचुली गाउँपालिकाका निवर्तमान अध्यक्ष भक्त बहादुर वली,वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्ती,स्थानियलगाएको टोलिले कुडुले,मुर्कुटी,झेलनेटा लगाएतको स्थनगत अवलोकन गर्नुभएकोहो । 

अवलोकनका अध्यक्ष पुनले कुडुले गाउँपहिरोको उच्च जोखिममा रहेको भन्दै उक्त गाउँलाई नै स्थान्तरण गर्नका लागि आफुले पहल गर्ने बताउनु भएको छ । भने उच्च जोखिममा परेका र पहिरो पिडितलाई आवश्यकता अनुसार राहातको व्यवस्थापन गरिने बताउनु भएको छ । 

 

अध्यक्ष पुनले बंगलाचुली गाउँपालिकामा वर्षातले लाखौँको क्षतिगरेको भन्दै क्षतिको विवरण संकलन पछि पिडितहरुलाई राहात ताथा पुनस्थापनाका लागि तत्काल कदम चाल्ने बताउनु भयो । साथै उहाँले पहिलो चरणमा विपदमा परेका सबैको उद्धार तथा सुरक्षित ठाउँमा स्थान्तरण गर्ने काम भईरहेको बताउनु भयो ।  


 

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको