Chauthoanga - Nepali News Media
वालवालिका हत्या अनुसन्धानका लागि दाङ प्रहरीद्वारा ५ जना पक्राउ

तुलसीपुर- दाङ प्रहरीले वालवालिका हत्या अनुसन्धानका लागि ५ जनालाई पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ मा भएको बालबालिकाको विभत्स हत्याको अनुसन्धानका लागि प्रहरीले ५ जनालाई पक्राउ गरेको बताएको छ ।  

२७ गते हराएका दुई बालबालिका आइतबार दिउँसो मृत अवस्थाम फेला परेपछि प्रहरीले अनुसन्धानका लागि १४-१५ बर्षका बालकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ ।

पक्राउ परेका बालकहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ । स्रोतका अनुसार प्रहरी घटनाको नजिक पुगेको र चाडै घटनाको बास्तविक पत्ता लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  ०९:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको