Chauthoanga - Nepali News Media
(भोलि) मंगलबार सार्वजनिक बिदा

काठमाडौँ - शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले मङ्गलवार(भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेलले भोलि बिदा दिने निर्णय भएको बताउनुभयो । ‘भोलि सार्वजनिक बिदा दिने निर्णय भएको छ’, प्रवक्ता पोखरेलले भन्नु भयो  ।

‘मन्त्रालयले सार्वजनिक बिदाबारे एक सूचनासमेत प्रकाशित गरेको छ । संस्कृतीविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा मिति २०७९ साल कार्तिक १ गते मङ्गलवार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ’, प्रवक्ता पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । 

आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा एक दिन बिदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताउनुभयो ।

310438653_2270868366415287_3485976397309447352_n_15BziYzYOP1666006029.jpg

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १६:४५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको