Chauthoanga - Nepali News Media
यो साल तिहारकाे भाइटीकाकाे उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

काठमाण्डाै – यो सालको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । 

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो । नेपालका लागि याे समय उपयुक्त भएको जनाएको हो । 

त्यस्तै भारत, अमेरिका, बेलायतलगायतका देशमा फरक–फरक समयमा उत्तम साइत रहेको पनि समितिले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको