Chauthoanga - Nepali News Media
पहिरो र वाढिले बंगलाचुलीमा लाखौँको क्षेती ,जनप्रतिनिधिहरु द्वारा क्षतिको विवरण संकलन
badhi ko.jpg

दाङ- बंगलाचुली गाउँपालिकामा  अविरल वर्षाले ८ वटै वडामा लाखौको क्षति पुगेको पाईएको छ ।असोज १८ देखि २३ गते सम्म परेको परेको अविरल वर्षा पछि आएको पहिरो र वाढिले लाखौँको क्षेती पुगेको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर शुवासले जानकारी दिनुभयो । 

310146617_827230095135326_2516931865618097886_n1666184723.jpg

पालिकामा आएको विपदपछि गाउँपालिका अध्यक्ष तुल्सीराम पुन र उपाध्यक्ष भक्त बहादुर जिसीले प्रत्येक वडाका स्थानिय पिडितहरुलाई भेट गर्नु भएको छ । सो अवसरमा बाढी पहिरोले क्षेती पुराएको स्थानियहरुको विवरण संकलन गर्नु भएको थियो ।गाउँपालिका अध्यक्ष र उपाध्यक्षले वडा नम्वर १ देखि ८ सम्मका सबै वडामा पुगेको क्षतीको स्थलगत अवलोकन गर्नुका साथै पिडितहरुको अवस्थाको वारेमा जानकारी लिनु भएको थियो । 

311215287_822548572270145_6410599707211059406_n1666184770.jpg

सो अवसरमा बंगलाचुली गाउँपालिकाका वडा नम्वर १ का अध्यक्ष विष्णु कवर, दुईका अध्यक्ष मैते पुन,तिनका अध्यक्ष शोभाराज विश्वकर्मा,चारका अध्यक्ष डाँस बहादुर डाँगी ,पाँचका अध्यक्ष लिला बहादुर घर्ती,छका अध्यक्ष डोम बहादुर केसी,सातका अध्यक्ष गिर बहादुर थापा र आठका अध्यक्ष झविन्द्र गाहामगर तथा कार्यपालिका सदस्यहरुले समेत वडाका पिडित परिवारको क्षेतीको विवरण संकलन गर्नुभएको थियो ।

 

बंगलाचुली गाउँपालिकामा १८ गते देखि परेको अविरल वर्षाका कारण   ४ जनाको ज्यान गएको छ । २ सय ७२ घर पूर्णरुपमा भत्किएको छ । १ सय ९० घर उच्च जोखिममा रहेको छ।७२ परिवा311053562_822749482250054_5446445694677563413_n1666184816.jpgरको खेतियोग्य जमिन पहिरो गएको छ ।९ स्थानको विद्यालयमा क्षती , २० स्थानमा खानेपानीको मुहानमा क्षेती,२ ठाउमा विद्युतमा क्षती र ६ स्थानमा कृषि फर्ममा क्षेती पुगेको छ ।  

यसैवीच बंगलाचुली गाउँपालिका अध्यक्ष र उपाध्यक्षको संयुक्त टोलिले बंगलाचुली गाउँपालिका वडा नम्वर ६ को रिभानमा पहिरोले पुर्याएको क्षतिको स्थलगत अवलोकन गर्नुभएको छ । अध्यक्ष तुल्सीराम पुन र उपाध्यक्ष भक्त बहादुर जि.सी. सहितको टोलिले तल्लो रिभान,उपल्लो रिभान र दाङवाङ खोलाको खेतहरुको अनुगमन गर्नुभएको थियो । सो अवसरमा स्थानीय पिडितहरुको पनि सहभागिता रहेको थियो । 


 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको