Chauthoanga - Nepali News Media
दाङमा तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति भएको अनुमान

दाङ – दाङको घोराहीमा तीन वटा फर्निचर उद्योगमा आगलागी भएको छ । गएराति घोराहीको सहिद उमेश मार्ग रोडमा रहेको तीन वटा फर्निचरमा आगो लागेपछि पूर्ण रूपमा क्षति भएको छ ।

न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

राति १२ बजेदेखि सुरु भएको आगो आज बिहान साढे ४ बजे निभाइएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो निभाइएको हो ।

लक्ष्मी पूजाको अवसरमा बालिएको दियोबाट आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान छ । क्षतिको विवरण सङकलन भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  ०७:४३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको