Chauthoanga - Nepali News Media
रोल्पामा जिप दुर्घटना हुदा तिन जनाको मृत्यु, थप विवरण आउन बाँकी


रोल्पा : रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नंं. ४ सुलिचौर, सेवा केन्द्र जनिकै जिप दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सुनिलस्मृति गाउँपालिकाका सुलिचौरबाट गजुलका लागि छुटेको जिप दुर्घटना भएको हो ।
रोकेर सामान राख्ने क्रममा गाडी ब्याक हुदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुलिचौरले जानकारी दिएको छ । गाडिमा कति जान सवार थिए भन्ने कुरा अहिले सम्म खुल्न सकेको छैन ।
लु १ ज ३२४३ नम्वरको जिप पल्टिडा ९ जना घाइते भएका छन । सुनिलस्मृति गाउँपालिका वडा नं. ३ मिझिङ चालक तथा गाडि धनी जितबहादुर विष्ट सामान्य रहनुभएको छ । उहाँ अहिले प्रहरीको नियन्त्रणमा रहेको रोल्पा प्रहरीले जनाएको छ । घाइतेहरुको प्रथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुलिचौरले जानकारी दिएको छ । घट्ना बारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको