Chauthoanga - Nepali News Media
देशभर चिसो बढ्यो, यो हप्ताभर यस्तै रहने मौसमविद् को भनाई
jaado.jpg

काठमाडौं - पश्चिमी वायुको प्रभावका कारण देशभर एक्कासी चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको जानकारी दिनुभयो ।

पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो बढेको वरिष्ठ मौसमविद् पौडेलले बताउनुभयो । तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने र तापक्रम निरन्तर नघट्ने उहाँको भनाई ।

यो महिनामा पानी पर्ने मौसमी प्रणाली भने नरहेको वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिनुभयो ।  मनसुन सकिएर पोस्ट मनसुनको अवस्था भएकाले विस्तारै जाडो बढ्दै जानु स्वभाविक भएको पनि उहाँको भनाई छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको