Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिका द्वारा मालवहाक ठुला सवारीसाधन संचालनमा रोक
बंगलाचुली गाउँपालिका द्वारा जारी गरिएको विज्ञप्ती

कमिरेचौर- दाङको बंगलाचुली गाउँपालिकाले गाउँपालिकाभर ठुला सवारी साधनलाई अर्को सूचना नभए सम्मका लागि संचालनमा रोक लगाएको छ । गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर द्वारा हस्ताक्षरित विज्ञप्तीमा मालबहाक गाडी टिप्पर,ट्रक जस्ता ठुला गाडिहरुलाई अल्पकालिनरुपमा संचालनका लागि रोक लगाएको उल्लेख गरिएको छ ।
अध्यक्ष पुन द्वारा मंगलबार साँझ जारी विज्ञप्तिमा भनिएको छ,"बंगलाचुली गाउँपालिकामा यहि मिति २०७९ साल असोज १८ गतेदेखि परेको भिषण वर्षापछि आएको विपद्का कारण ठाउँ ठाउँमा सडक भत्किएको , चर्किएको तथा पहिरोले यस क्षेत्रका सडकहरु क्षतविक्षत भएको  र हालसम्म पनि सार्वजनिक सवारी साधन आवागमनमा असहजता रहेको साथै अहिले सडक मर्मतको काम भैईनसकेको हुँदा अर्को सूचना जारी नहुँदा सम्मको लागि गाउँपालिकाभरीकै सडक निर्माण कार्यकालागि बाहेकका ट्रिप्पर,ट्रक लगाएत ठुला मालवहाक साधनहरुलाई अल्पकालिन रुपमा संचालनमा रोक लगाईएको कुरा सम्पूर्णमा जानकारीका लागि अनुरोधछ ।साथै अनुमति बिना संचालनमा आउने उक्त साधनहरुलाई रोकलगाउन सहयोग गरिदिनुहुन सरोकारवाला निकाय सबैलाई अनुरोधछ ।"

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  २१:४५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको