Chauthoanga - Nepali News Media
बंगलाचुलीमा नमुना मतदान कार्य सम्पन्न,५० मत  खस्यो जसमा ४५ मत सदर ५  मत बदर

दाङ- आउदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा बदर मतलाई कम गर्नका लागि निर्वाचन आयोगले दाङमा नमुना मतदान गराईरहेको छ ।  लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङले जिल्लामा बदर मतको संख्या कम गर्नका लागि नमुना मतदान कार्यको थालनी गरेको हो ।
निर्वाचन कार्यालयले दाङको सबै स्थानियतहमा नमुना मतदान कार्य गर्ने बताएको छ । निर्वाचन कार्यालयका अनुसार नमुना मतदानका क्रममा भएको बदर मतको आधारमा मतदाता शिक्षा कार्यक्रम संचालन गरिने छ ।  यसै अभियान अन्तर्गत दाङको बंगलाचुली गाउँपालिकामा आज नमुना मतदान कार्य सम्पन्न भएको छ । 

314380946_645647703771674_3197509734936846835_n1667474400.jpg

प्रदेश निर्वाचन कार्यालय दाङको आयोजनामा आज बंगलाचुली गाउँपालिकाको कार्यालय प्राङ्गणमा नमुना मतदान कार्य सम्पन्न भएको छ । आजको नमुना मतदानमा जम्मा ५० मत खसेको थियो । जसमा ४५ वटा मत सदर भएको छ भने ५ वटा मत वदर भएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बदर मतको संख्या कमगर्नका लागि नमुना मतदान गरिएको निर्वाचन कार्यालयका डाटा अपरेटर माधव ज्ञवालीले जानकारी दिनुभयो ।निर्वाचन कार्यालयले यसअघी तुल्सिपुर उपमहानगरपालिका ,शान्तिनगर,दङ्गिसरण गाउँपालिकामा नमुना मतदानको कार्य सम्पन्न गरेको छ ।

आज बंगलाचुली गाउँपालिका र घोराही उपमहानगर पालिकामा नमुना मतदान कार्य सम्पन्न गरेको छ ।नमुना मतदानमा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर,उपाध्यक्ष भक्त बहादुर जिसी,  प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, बंगलाचुली गाउँपालिका प्रवक्ता एव वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा,प्रशासन शाखा प्रमुख गोपाल केसी लगाएतका कर्माचरी,तथा स्थानियहरुको सहभागिता रहेको थियो ।  


 

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको