Chauthoanga
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार

काठमाडौँ- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार भएकाे छ । गाेली लागेर उहाँ घाइते हुनुभएकाे बीबीसी हिन्दीले जनाएकाे छ । 

गुजरांवालाकाे अल्लाहवाला चाेक मा पूर्वप्रधानमन्त्री खानमाथि गाेली प्रहार भएकाे हाे । घटनामा अन्य व्यक्ति पनि घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेकाे छ । 

पाकिस्तान तहरीक-ए-इंसाफका महासचिव असद उमरले पूर्वप्रधानमन्त्री खानकाे खुट्टामा गाेली लागेकाे बताउनुभएकाे खबरमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १८:१४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको