Chauthoanga
दाङमा श्रीमतिको हत्या गरि श्रीमानले गरे आत्महत्या

दाङको घोराहीमा श्रीमतिको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन् ।घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँका ३६ बर्षीय नबिन रोकाले ३७ बर्षीया निरु रोकाको हत्यापछि आँफुले आत्महत्या गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले बताउनुभयो । 

बिहीबार बेलुका उच्च रक्तचापका बिरामी नबिनलाई श्रीमति निरुले घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराउन भनेर लगेकि थिईन । सम्बन्धित डाक्टरले आज बिहान ८ बजेको समय उनीहरुका लागि छुट्याएका थिए । त्यही भएर निरुको आग्रहमा नबिन घोराही – १५ स्थित फूपुको घरमा त्यसरात बास बसेका थिए । पाहुना पर्न गएका निरु र नबिनलाई आफन्तले एकै घरको दुइ कोठ बास बस्नका लागि दिएका थिए ।

आज बिहान ढोका नखुलेपछि खोलेर हेर्दा निरुको शब एउटा कोठामा र नबिनको शब अर्कौ कोठामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको डिएसपी गौतमले जानकारी दिनुभयो।श्रीमतिको घाँटी थिचेर हत्या पछि श्रीमानले आँफुले छुट्टै कोठामा गएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको