Chauthoanga - Nepali News Media
राेल्पामा घरायसी विवादमा छाेराले गरे बुबाकाे हत्या

रोल्पा - राेल्पामा घरायसी विवादमा छाेराले बुबाकाे हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्दीप घर्तीले पिर्काले हानेर ५४ वर्षीय बुबा मानसिंह घर्तीको हत्या गरेका हुन् । 

आज बिहान ९ बजे घरको भान्सा कोठामा बसेर जाँडरक्सी खाइरहेका उनीहरुबीच घरायसी कुरामा विवाद हुँदा सन्दीपले पिर्काले हानेका थिए । 

काठको पिर्काले टाउकोमा हान्दा मानसिंहको घटनास्थलमै ज्यान गएकाे थियाे । सन्दीपलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी जुँगारले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १४:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको