Chauthoanga - Nepali News Media
ससुरा र जेठाजुद्वारा बुहारीमाथि तेजाब प्रहार
Acid-Attack.jpg

वीरगञ्ज – बाराको कलैया उपमहानगरपालिकामा शुक्रबार राति एक महिलामाथि तेजाब (एसिड) प्रहार भएको छ। राति ८ बजेको समयमा पर्सा वीरगञ्ज महानगरपालिका– १३ श्रीपुरमा बस्ने उमेश साहकी श्रीमती २८ वर्षीया सीता पटेलमाथि तेजाब प्रहार भएको हो।

बारा कलैया उपमहानगरपालिका– २३ कोरिया टोलस्थित माइतीघर आउँदै गरेकी पटेलमाथि मोटरसाइकलमा आएका दुई जनाले तेजाब प्रहार गरेका थिए। तेजाब प्रहार गरेको आरोपमा पटेलकै ससुरा हवारी साह र जेठाजु रामबाबु साहलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

तेजाब प्रहारबाट घाइते भएकी पटेललाई कलैयामा प्रारम्भिक उपचार पछि थप उपचारको लागि वीरगञ्ज ल्याइएको उनले बताए। तेजाब प्रहार किन भएको भन्ने घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

 
प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  ११:४०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको