Chauthoanga - Nepali News Media
सुदूरपश्चिममा पाँच घण्टामा ६ पटक भूकम्पको धक्का, डोटीमा घर भत्किँदा तीनजनाको मृत्यु
earthquake.jpg

दाङ -  भूकम्पमा परी तीन जनाको ज्यान गएको   छ ।डाेटि जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं. ३ गैरागाउँका पदम बोहराको घर भत्किदा तीन जनाको मृत्यु भएको पूर्वीचाैकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताउनु भयाे । 

उहाँका अनुसार भत्किएको घरमा च्यापिएको अवस्थामा एक महिला र दुई बालबालिका गरी  तीन जनाको शव भेटिएको छ । उनीहरूको सनाखत हुन बाँकी छ । अहिले अन्य घाइतेको उद्दार जारी रहेको उपाध्यायले जानकारी दिनुभयाे।  नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धारको काम गरिरहेका छन् ।

 खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएको ५.७ म्याग्निच्युटको भूकम्प मंगलबार राती ९ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। त्यस्तै आज बुधबार बिहान २ बजेर १३ मिनेटमा खप्तड क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो । 

सुदूरपश्चिममा पाँच घण्टाको अन्तरालमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । घरमा सुतिरहेको अवस्थामा बिहानको भूकम्पका कारण घरहरू भत्किएर मानवीय क्षति भएको हो । घर भत्किएर मानवीय क्षति भएको खबर प्राप्त भए पनि पूर्ण विवरण आउन नसकेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजयी अधिकारीले खप्तङड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्द्र बनाएर भूकम्प भएको जानकारी दिनु भएको छ । दाङ सहित पश्चिम नेपाल भर भुकम्पकाे धक्का महसुस गरिएको थियो । २०७२ सालमा आएको भुकम्पले नेपालमा ठुलाे धनजनको क्षेति गरेको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  ०६:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको