Chauthoanga - Nepali News Media
दाङसहित पश्चिम नेपालमा फेरी भुकम्प

दाङ- दाङसहित पश्चिम नेपालमा फेरी भुकम्प गएको छ ।  आज शनिवार राति ८ बजेर १२ मिनेटमा बझाङकाे पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टरस्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे हाे ।  दाङ सहित लुम्विनि प्रदेश,कर्णाली प्रदेश,सुदुरपश्चिम प्रदेशको विभिन्न जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ ।

 सुदूरपश्चिमका डाेटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएकाे छ । डाेटीमा भने भूकम्पकाे धक्का पछि स्थानीयकाे भागाभाग भएकाे छ ।

 अस्ति मङ्गलवार राति डाेटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट ६ जनाकाे ज्यान गएपछि यहाँका नागरिक त्रासमा छन् । भूकम्पको क्षतिबारे भने थप जानकारी आउन बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  २१:०५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको