Chauthoanga - Nepali News Media
बंगलाचुलीमा आगलागि हुदा ५ लाख बराबरको क्षति,गाउँपालिकाद्वार पिडितलाई सहयोग प्रदान
aaglai.jpg

कमिरेचौर- दाङको बंगलाचुली गाउँपालिमा एक घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको छ ।गाउँपालिकाको वडा नंम्वर चार धन्नउरी निवासी मोतीराम घर्तिको घरमा आगलागि भएको हो । 
एकतले फुसको छानो भएको घरमा विद्युत सर्टभएर आगोलागेको पारीवारीक श्रोतले जानकारी दिएको छ । घरमा शनिवार मध्यान्न १२ बजेतिर घरमा आगलागि भएको बताईएको छ ।आगलागि बाट घरमा रहेको कपडा,खाने खर्च,नगद १५ हजार , सुनको गहना जलेर नष्टभएको पिडित परिवारले जानकारी दिएका छन् ।  
यसैविच अग्नि पिडित घर्तीपरिवारलाई बंगलाचुली गाउँपालिकाले नगद,खाद्यन्न दिएको छ ।गाउँपालिकाले नगद २५ हजार,दुई बोरा चामल, दाल, नुन, तेल दिएको छ । यसैगरी नेपाल रेडक्रस सोसाइटी कमिरेचौर उपशाखाले अग्निपिडित घर्तीपरिवारलाई त्रिपाल, कम्बल,झुल लगाएतका सामग्री हस्तान्तरण गरेको छ । 
 बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर,उपाध्यक्ष भक्त बहादुर जिसी,वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डाँगी,६ का अध्यक्ष डोम बहादुर केसी लगाएतको उपस्थितिमा अग्निपीडित परिवारलाई सहायता प्रदान गरिएको छ ।सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले अग्निपिडितको घर निर्माणका लागि पालिकाले आवश्यक पर्ने टिन सहयोग गर्ने समेत बताउनुभयो ।  

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको