Chauthoanga - Nepali News Media
बंगलाचुलीबाट ४ हजार भन्दा बढी मत गठबन्धनलाई जान्छ : जिल्ला संयोजक पुन 


दाङ-  प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ का लागि राजनितिक दलहरुलाई बंगलाचुली गाउँपालिका निर्णायक गाउँपालिका रहेको छ ।प्रमुख प्रतिपक्षी दलका प्रमुख नेता संकर पोखरेल नै यस क्षेत्रका उम्मेद्वार रहेको हुँदा बंगलाचुली गाउँपालिकाबाट कसको पक्षमा धेरै मतजाला भन्ने सर्वत्र चासोको विषय बनेको छ ।संग संगै एमालेले स्थानियतह निर्वाचनको समय देखिनै गरेको राजनीतिक मेहनत ,प्रचार प्रसार र पार्टी प्रवेस जस्ता कारणले सबैलाई यसको नतिजा के हुन्छ भन्ने पनि लागेकै छ ।

यति हुँदा हुदै पनि  बंगलाचुलीमा नेकपा एमाले भन्दा  गठबन्धननै अगाडी रहेको पाईएको छ । स्थानिय तहको निर्वाचनमा संयुक्त गठबन्धन दलले प्राप्त गरेको मत संख्या र नेकपा एमालेले प्राप्तगरेको मत संख्यालाई हेर्दा बंगलाचुली गाउँपालिकाले ४ हजार भन्दा बढी मतले गठबन्धनले  लिड गर्ने देखिएको छ ।

बंगलाचुली गाउँपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धनभित्रका दल माओबादी केन्द्र र नेपाली काग्रेसका स्थानिय नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएर चुनावी माहोल आफ्नो पक्षमा ल्याउन खोजेपनि त्यो कदम सफल हुन नसको संम्वन्धित दलका नेताहरुको आन्तरिक मुल्याङ्कन रहेको छ । 

बंगलाचुलीमा एमालेमा प्रवेश गरेका सयौँ नेता कार्यकर्ताहरु अहिले गठबन्धन भित्रकादल माओबादी केन्द्र र कांग्रेसमै फर्किँदा एमालेलाई बंगलाचुलीले सोचे अनुसारको नतिजा दिन नसक्ने पक्का भएको छ । अहिले नेकापा एमालेका यस क्षेत्रका नेताहरुमा निराशा छाएको तथा एकले अर्कोलाई दोषारोपण गर्नेकाम सुरुभएको नाम नबताउने सर्तमा त्यही दल समर्थित एक नेताले जानकारी दिनुभयो ।

स्थानिय तहको निर्वाचनमा संयुक्त गठबन्धन दलले प्राप्त गरेको मत संख्या र नेकपा एमालेले प्राप्तगरेको मत संख्यालाई हेर्दा बंगलाचुली गाउँपालिकाले ४ हजार भन्दा बढी मतले गठबन्धनले  लिड गर्ने बताउनु हुन्छ नेकपा माओबादी केन्द्र दाङ जिल्ला संयोजक तुल्सीराम पुनमगर शुवास । बंगलाचुली गाउँपालिकाबाट गठबन्धनको पक्षमा एमालेको भन्दा कति धेरै भोट जान्छ ? भन्ने हाम्रो प्रश्नमा जिल्ला संयोजक पुनले भन्नुभयो ," बंगलाचुलीमा गठबन्धनले ४ हजार भन्दा धेरै मतको अन्तरले लिड गर्छ। नेकपा एमालेका साथिहरुले बंगलाचुलीमा पार्टी प्रवेश गराएर सबैलाई ल्यायौँ गठबन्धन सकियो भन्ने प्रचार गरेका रहेछन् तर नतिजा उल्टो भएको छ । अहिले बंगलाचुलीमा एमालेका सयौँ नेता तथा  कार्यकर्ता गठबन्धनमा आउनुभएको छ । एमालेको अवस्था पहिलेको भन्दा झन कमजोर भएको छ । बंगलाचुलीमा गठबन्धनकै पक्षमा भोट जान्छ ।"
यस्तो  छ स्थानियतह निर्वाचनमा गठबन्धनले प्राप्त गरेको मत
स्थानियतहको निर्वाचन २०७९ मा बंगलाचुली गाउँपालिका अध्यक्षमा गठबन्धन तर्फ  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तुल्सीराम पुन मगरले ५ हजार ७ सय ४९ मत प्राप्त गर्नु भएको थियो । भने  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार भेषराज खत्रीले ३ हजार ६ सय ७८ मत प्राप्त गर्नुभएको थियो । जसमा गठबन्धन नेकपा एमाले भन्दा २ हजार ७१ मतले अगाडी रहेको छ ।भने गठबन्धन भित्रको दल राष्ट्रिय जनमोर्चाको बंगलाचुली गाउँपालिकाको जम्मा मत ५७ रहेको छ । 

त्यसैगरी गठबन्धनबाट नेपाली काग्रेसको तर्फबाट बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जी.सी ५ हजार ९ सय ४५ मत प्राप्त गर्नुभएको थियो । भने नेपका एमालेका तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा सरस्वता कुमारी घर्तीले ३ हजार २ सय ६५ मत प्राप्त गर्नुभएको थियो । 

जसमा उपाध्यक्ष पदतर्फ गठबन्धन नेकपा एमाले भन्दा २ हजार ६ सय ८९ मतले अगाडी रहेको छ । माओवादी केन्द्र दाङ जिल्ला संयोजक तुल्सीराम पुन शुवासका अनुसार  पछिल्लो समयमा गठबन्धन भित्रका दलहरुले एमालेमा प्रवेश गरेका ४ सय ५० भन्दा धेरै नेता तथा कार्यकर्ताहरुलाई गठबन्धनमै फर्किएका छन् । नेकपा एमालेका १०० जना जति कार्यकर्ताहरुलाई गठबन्धनमा प्रवेश गरेका छन् । संयोजक पुनलेका अनुसार उल्लेखित तथ्य र तथ्याङ्कका आधारमा हेर्दा बंगलाचुली गाउँपालिकाबाट गठबन्धनको पक्षमै धेरै भोट जाने छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको