Chauthoanga
२४ घण्टामा थपिए आठ हजार चार सय ५४ नयाँ कोरोना संक्रमित
covid.jpg

काठमाडौं : पछिल्लो २४ घण्टामा आठ हजार चार सय ५४ नयाँ कोरोना संक्रमित थपिएका छन्।

नेपालभर २० हजार तीन सय ५९ जनामा गरिएको नमुना परिक्षणका क्रममा आठ हजार चार सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१३ हजार ५४९ पिसिआर परिक्षणका क्रममा पाँच हजार पाँच सय ७१ र छ हजार आठ सय १० एन्टीजेन परिक्षणमा दुई हजार आठ ८३ जनामा कोरोना संक्रमण देखिएको हो।

२४ घण्टामा कोरोनाको कारण पाँच जनाको मृत्यु भएको छ भने चार हजार चार सय ३३ जना निको भएको मन्त्रालयले जनाएको छ। हाल नेपालमा ९० हजार ६७ जना सक्रिय संक्रमितको संख्या रहेको छ । 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको