Chauthoanga - Nepali News Media
मतगणना अपडेट : मतगणना जारी हुँदा एमालेको १० र कांग्रेस ५ स्थानमा अगाडि

काठमाडौं - प्रदेशसभा र प्रतिनिधिसभातर्फको निर्वाचनको मतगणना जारी रहेको छ ।  सोमबार दिउँसो साढे २ बजेसम्म २७ वटा निर्वाचन क्षेत्रमा गणना जारी रहँदा प्रतिनिधिसभातर्फ भने मुस्ताङमा कांग्रेस विजयी भएको छ ।

एमाले १० सिटमा अग्र स्थानमा छ भने कांग्रेसले ५ सिटमा अग्रता कायम गरेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ५ क्षेत्रमा अग्रता लिएको छ भने राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी २/२ स्थानमा अघि छ । मतगणनामा अन्य ३ स्थानमा अघि छ ।

यस्तै, जनमत पार्टी २ स्थानमा अघि छ भने जसपाले एक स्थानमा अग्रता कायम गरेको छ । ललितपुरका तीनवटै क्षेत्रमा एमालेले अग्रता लिइरहेको छ ।

प्रदेशसभातर्फ भने मनाङबाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भइसकेका छन् भने जारी मतगणनामा जनमत पार्टीले २ स्थानमा अग्रता कायम गरेको छ । कांग्रेस, एमाले, राप्रपा र जसपाले एक/एक स्थानमा अग्रता कायम गरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको