Chauthoanga - Nepali News Media
डेंगुले आज लियो ३ जनाको ज्यान‚ थपिए १३ सय ८० जना बिरामी

काठमाडौं : नेपालमा डेंगुबाट आज एकैदिन ३ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुबाट आज ३ जनाको मृत्यु भएको हो।

योसँगै नेपालमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको छ। आज एकैदिन १ हजार ३८० जना डेंगुका बिरामी थपिएको पनि मन्त्रालयले जनाएको छ।

यसैबीच १८ जना कोरोना संक्रमित आज निको भएर घर फर्कंदा ४ जना संक्रमित मात्र थपिएका छन्। हाल देशभर ४०६ जना कोरोनाका सक्रिय संक्रमित
रहेका छन्।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १८:४५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको