Chauthoanga - Nepali News Media
दाङको तिनवटै निर्वाचन क्षेत्रमा संयुक्त गठबन्धनका उम्मेद्वारहरुले विजयी,एमाले शुन्य

दाङ  - दाङको तिनवटै निर्वाचन क्षेत्रमा संयुक्त गठबन्धनका उम्मेद्वारहरुले विजयी सुरुवात गरेका छन् । दाङका ३ वटै निर्वाचन क्षेत्रमा नेपाली काग्रेस,माओबादी केन्द्र,एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए । भने नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिएको थियो । नेकपा एमाले यस पटकको आम निर्वाचनमा दाङबाट शुन्य भएको छ । दाङको १ नम्वर निर्वाचन क्षेत्रमा पनि गठबन्धनले विजयी सुरुवात गरेको छ । निर्वाचन क्षेत्र नम्मर १ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यका लागि कांग्रेस नेता खुमबहादुर खड्का पुत्र अनुराग खड्का निर्वाचित हुनुभएको छ । उहाँ नेकपा एमालेका कुलबहादुर केसीलाई ३ हजार ५२ मतले पछि पार्दै विजयी हुनुभएको हो । खड्काले १६ हजार २ सय २२ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी केसीले १३ हजार १ सय ७० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी दाङको दुई नम्वर निर्वाचन क्षेत्रको सबै क्षेत्रमा गठबन्धनले जित हातपार्न सफल भएको छ । जसमा प्रतिनिधि सभा तर्फ संयुक्त गठबन्धतनको उम्मेद्वार नेकपा माओबादी केन्द्रकी रेखा शर्माले जीत हातपार्नुभएको छ । उहाले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्न सफल हुनुभएको हो ।रेखा शर्माले पोखरेललाई १ सय ९७  मत अन्तरले पराजित गर्नुभएको हो ।   निर्वाचित शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दै विजयी हुनुभयो भने एमाले महासचिव पोखरेलले २६ हजार ६ सय ८० मत प्राप्त गर्नुभयो । 
यसैगरी दाङको निर्वाचन क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस लुम्विनी प्रदेशका उपसभापति समेत रहनुभएका गठबन्धनका साझा उम्मेद्वार खनालले एक हजार एक सय ७६ मतको अन्तरले नेकपा एमालेका उम्मेदवार बलिभद्र राना मगरलाई पराजित गर्नुभएको हो ।

बिजयी खनालले १५ हजार ६ सय १६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका रानामगरले १४ हजार ४ सय ४९ मत मात्रै प्राप्त गर्नुभयो । यो निर्वाचन क्षेत्रमा ३७ हजार ८६ मत खसेको थियो । खसेको मत मध्य १ हजार ४ सय ८५ मत बदर भएको थियो ।खनाल २०७० सालमा दाङ क्षेत्र नं. ३ बाट दोश्रो संविधानसभा सदस्य समेत निर्वाचित हुनुभएको थियो ।यसैगरी दाङ क्षेत्र नं. २ (ख) मा नेपाली कांग्रेसका नेता प्रचण्डविक्रम न्यौपाने बिजयी हुनुभएको छ ।

न्यौपानेले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गिरीराज केसीलाई ७ सय २४ मत अन्तरले पराजित गर्दे बिजयी हुनुभएको हो ।प्रदेशसभा सदस्यमा बिजयी न्यौपानेले १७ हजार ४२३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी केसीले १६ हजार ६९९ सय मत प्राप्त गर्नुभएको छ । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सहमहामन्त्री समेत रहनुभएका न्यौपाने नेपाली कांग्रेस लुम्विनी प्रदेशका प्रवक्ता हुनुहुन्छ ।निर्वाचन क्षेत्र नं. २ (ख) प्रदेशमा ४२ हजार ३५४ मत खसेको थियो । यसैगरी निर्वाचन क्षेत्र ३ को प्रदेशसभातर्फ पनी गठबन्धनका उम्मेद्वार नै विजयी भएका छन् । दाङ निर्वाचन क्षेत्र नं ३ (क) मा नेपाली कांग्रेसका नेता तथा लुम्विनी प्रदेशका ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी बिजयी हुनुभएको छ ।

गठवन्धनदलका तर्फबाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार चौधरी गणना भएको कुल ४० हजार ७ सय ८९ मत मध्य १९ हजार ८ सय ५० मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेयले १४ हजार ४ सय ५० मत प्राप्त गर्नुभएको छ ।बिजयी नेपाली कांग्रेसका नेता चौधरीले पाण्डेयलाई ५ हजार ४ सय मतले पराजित गर्दै दोश्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । पराजित पाण्डेय तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हुनुहुन्छ ।

यसैगरी प्रदेशसभा तर्फ दाङ ३ (ख) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी हुनुभएको छ।मास्कीले २२ हजार ३२१ मत प्राप्त गरेर बिजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले २० हजार १५८ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

माओवादीका पोलिटब्युरो सदस्य मास्कीले एमालेका बस्नेतलाई २ हजार १६३ मतान्तरले पराजित गर्नुभएको छ । यो समचार तयार पार्दासम्म दाङको क्षेत्र नम्वर १ को प्रतिनिधि सभा र प्रदेश सभा १ क को मत परिणाम आउन बाँकी रहेको छ भने क्षेत्र नम्वर  ३ को प्रतिनिधि सभाको मतपरिणाम आउन बाँकी रहेको छ । यी क्षेत्रको मतगणनाको कार्य अहिले जारी रहेको छ ।  
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको