Chauthoanga - Nepali News Media
द्वन्द्व र आन्दोलनका कारण हटाइएका शिक्षकहरूको व्यवस्थापन हुने
gyanendra_karki_1643188200.jpg

राजनीतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारण हटाइएका शिक्षकहरू तथा कर्मचारीहरूलाई सरकारले व्यवस्थापन गर्ने भएको छ।

सशस्त्र द्वन्द्वबाट पीडित भएका स्थायी तथा अस्थायी शिक्षकहरूलाई जाँचबुझ समितिको निष्कर्ष अनुरूप सेवासुविधा प्रदान गर्न १६ फागनुको मन्त्रिपरिषद्को बैठकले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई स्वीकृति दिएको छ।

२०५२ सालदेखि २०६३ सालसम्म विद्यालयमा अध्यापन गर्न नपाएका पाँच सय ७६ शिक्षकहरूलाई व्यवस्थापन गर्न मन्त्रिपरिषद्‌ले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

निर्णय अनुसार दुई सय ३३ शिक्षकलाई पुनर्बहाली गर्ने, दुई सय ८४ अस्थायी शिक्षकलाई एकमुष्ट रकम उपलब्ध गराउने, १८ शिक्षकको नियुक्ति र ४१ शिक्षकलाई सेवासुविधा प्रदान गरिनेछ।
 

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  ११:५३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको