Chauthoanga - Nepali News Media
फिफा विश्वकप फुटबलमा आज चार वटा खेल हुँदै

फिफा विश्वकप फुटबलमा आज चार वटा खेल हुँदैछन् । जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुई/दुई वटा खेल हुनेछन् । आजको पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई खेल नेपाली समय अनुसार राति पौने ९ बजेदेखि सुरु हुनेछन् । यो खेलबाट समूह ‘डी’ मा अन्तिम १६ मा पुग्ने एउटा देशको टुङ्गो लाग्नेछ । फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ ।आज राति हुने दोस्रो दुई वटा खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुनेछ । यी खेल नेपाली समयअनुसार राति पौने १ बजेबाट सुरु हुनेछन् ।

यो खेलबाट समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने दुई वटा देशको टुङ्गो लाग्नेछ । समूह चरणको पहिलो खेलमा साउदी अरबसँग पराजित अर्जेन्टिनाले मेक्सिकोलाई हराएको थियो । आजको खेल अर्जेन्टिलाई जित्नुपर्ने दबाब छ भने पोल्यान्डले बराबरी खेले पनि पुग्नेछ ।

समूह ‘सी’ मा पोल्यान्ड ४ अंकका साथ शीर्ष र अर्जेन्टिना तथा साउदी अरब समान ३ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छ । त्यस्तै मेक्सिकोको १ अंक छ । फिफा विश्वकप फुटबलमा गएराती भएका खेलबाट समूह ‘ए’ र ‘बी’ बाट इंग्ल्यान्ड, अमेरिका, सेनेगल र नेदरल्यान्डस् अन्तिम–१६ मा पुगेका छन् । त्यस्तै ब्राजिल र पोर्चुगल पनि यसअघि नै अन्तिम १६ मा पुगेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको