Chauthoanga - Nepali News Media
दाङबाट निर्वाचित सांसदहरुले भने चुनाव अघिगरेको बाचा पुरा गर्छाैं

दाङ- दाङ जिल्लाबाट प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरुले जनताका आशा र चुनावअघि आफुहरुले गरेका बाचा पुरा गर्ने प्रतिवद्धता दोहोर्याएका छन् । आज संयुक्त निर्वाचन परिचालन समिति दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्यमा निर्वाचित ३ र प्रदेश सभा सदस्यमा निर्वाचित ६ जना सांसदहरुले मतदाताहरूलाई धन्यवाद दिँदै जनताका आशा र आफ्ना बाचा पुरा गर्ने प्रतिवद्धता दोहोर्याएका हुन् ।

कार्यक्रममा दाङ क्षेत्र नम्बर ३ का सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले दाङवासीले महसुस  गर्नेगरी सम्बृद्धि र विकासका दीर्घकालीन योजना ल्याउने बताउनुभयो । ‘हामीबाट दाङले धेरै आशा राखेको छ । जसलाई पुरा गर्नेछौँ । जनताप्रति सदैव उत्तरदायी बन्दै यहाँको सम्बृद्धिका लागि काम गर्छु’, गिरीको भनाइ छ ।

नेकपा माओवादी केन्द्रकी नेतृ तथा दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रेखा शर्माले दाङमा अलपत्र परेको विकासलाई पूर्णता दिदै जनताका हरेक दुखसुखको सारथी बन्ने बताउनुभयो  ।

उहाँले फोर लेन सडक निर्माणलाई तीव्रता दिन पहल गर्ने , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा सेवा र शिक्षा तत्काल सञ्चालन गर्ने, टरिगाउँ विमानस्थल स्तरोन्नतीका लागि पहल गर्ने, हरेक गाउँलाई शहरसँगै जोड्दै ग्रामीण वस्ती विकास गर्ने बताउनुभयो । ‘भोट माग्दा जनताका आशा थुप्रै भेटिएका छन्, हामीले ती आशा पुरा गर्ने बाचा गरेका छौं । जनताले भोट दिए, अब हामीले विकास र समृद्धि दिनेछौं’, शर्माको भनाइ छ ।  

क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद मेटमणी चौधरीले प्रदेश राजधानी व्यवस्थापनका लागि खेल्नुपर्ने भूमिका, सीमा क्षेत्रको विकास र देउखुरीलाई नमुना शहर बनाउन पहल गर्ने बताउनुभयो । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको