Chauthoanga - Nepali News Media
यस्तो छ १६ जेठदेखि शुरू हुने कक्षा १२ को परीक्षा तालिका 
NEB_1647619367.jpg

कक्षा १२ को अन्तिम परीक्षा १६ जेठदेखि शुरू हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले कक्षा १२ को परीक्षाको मिति तय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

परीक्षा केन्द्र परिवर्तन गर्न नपाइने र अनुपस्थित परीक्षार्थीका लागि पुनः परीक्षाको व्यवस्था नगरिने बोर्डद्वारा जारी परीक्षा तालिकामा उल्लेख छ। कुनै परीक्षार्थीको एकभन्दा बढी विषय एकै दिन परीक्षा परेको खण्डमा सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र बोर्डका शाखा/प्रदेश कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा जानकारी गराउनुपर्नेछ। 
 

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  ११:५५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको