Chauthoanga - Nepali News Media
लुम्विनि प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्घाटन हेर्नुहोस् फोटोफिचर

दाङ - लुम्बिनी प्रदेशकाे स्थायी राजधानी कार्यान्वयन भएको छ । आज बुधवार स्थायी राजधानी राप्ती उपत्यका देउखुरी मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्घाटन गरिएको छ । लुम्विनि प्रदेश प्रमुख अमिक शेरचनले झण्डाेत्ताेलन सहित कार्यालयको उद्घाटन गर्नुभयाे ।

मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानी कार्यान्वयनको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मंसिर १९ मा बुटवल बाट राप्ती उपत्यकामा ल्याउनु भएको हो । २०७७ असोज २० मा प्रदेश सभाबाट राजधानी र नाम टुंगो लागेकाे थियाे । राजधानी कार्यान्वयन भएकोमा राजधानी क्षेत्रमा खुसियाली छ ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको