Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेश सरकारले नवनिर्वाचित माननियहरुको  १६  गते सथप गराउने

देउखुरी -  लुम्बिनी प्रदेशसभाका सदस्यहरुलाई १६ गते सपथ गराउनको लागि सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्ले बैठकले माननीयहरुको सपथ ग्रहणका लागि १६ गते दिउसो १ बजे  प्रदेश अधिवेशन १८ गते बोलाउने निर्णय गरिएको सरकारका प्रवक्ता एंव आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिनुभयो । 

यस्तै सरकारका प्रवक्ता लुम्बिनी तिलकराम शर्माले लुम्बिनी प्रदेशको पूर्व सिमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्नका लागि स्थानीयतहलाई अनुरोध गर्नुभयो ।लुम्बिनी प्रदेशका सदस्यहरुलाई पहिलो पटक आफ्नो भवन प्रदेश सभा भवन देउखुरी दाङमा नै सथम गराउने गरी तयार गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले स्थायी मुकाम राप्ती उपत्यका देउखुरी, दाङबाट सञ्चालन गरि सकेको छ भने प्रदेश सभा पनि आफ्नै नयाँ भवनबाट सञ्चालन गरेको तयारी भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको