Chauthoanga - Nepali News Media
लुम्विनि प्रदेशको राजधानी भालुवाङमा हुनेभनिएको मुख्यमन्त्रीहरुको सम्मेलन स्थगित

दाङ- लुम्बिनी प्रदेशमा हुने भनिएको मुख्यमन्त्रीहरुको सम्मेलन स्थगित भएको छ। प्रदेश सरकारले आयोजना गर्ने उक्त सम्मेलन स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार जानकारी दिएको छ । 

यसअघि पुस १५ गते दाङमा सात वटा प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने योजना सार्वजनिक गरिएको थियो। जस्को उदेश्य पाँच वर्षे कार्यकालको समिक्षा तथा अनुभव आदान–प्रदान गर्ने भन्ने थियो ।

यही बीचमा राजनीतिक उतार चढावले अन्य विभिन्न प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु भएकाले यसपालिको सम्मेलन स्थगित भएको हो । मंसिर २८ गते एक बिशेष समारोहका बीच प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका ३ मसुरियामा उद्घाटन गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको