Chauthoanga - Nepali News Media
राष्ट्र बैंकले  तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँ बैँक तथा वित्तिय संस्थाहरुमा पठाउँदै

काठमाडौँ — नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि रिपोमार्फत बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँ पठाउने भएको छ । बैंकले एक सूचना जारी गर्दै ४५ दिने अवधिको रिपोमार्फत सो रकम प्रवाह गर्न लागेको हो । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा सो रकम पठाइनेछ ।

आज बिहीबारदेखि जारी हुने रिपोको परिपक्व अवधि माघ २९ सम्म रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोडसम्मको रकमका लागि बोलकबोल गर्न सक्ने छन् ।

दोस्रो त्रैमासिक अवधि सकिने समय रहेकाले पुस मसान्तसम्म करिब ४० अर्ब रुपैयाँ राजश्व सरकारी ढुकुटीमा जानेछ । ६० अर्ब रुपैयाँ बराबरको पुनकर्जाको अवधि पनि सकिँदै छ । यसले गर्दा पुसमा तरलता समस्या हुन सक्ने विषयलाई मध्यनजर गर्दै राष्ट्र बैंकले रिपोमार्फत रकम प्रवाह गर्न लागेको हो ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको