Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशसभाले पाँच वर्षमा बनायो ७२ कानुन

दाङ- पाँच वर्षमा लुम्बिनी प्रदेशसभाले ७२ वटा कानुन पारित गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका अनुसार प्रदेशसभाले बनाएका ७२ वटा कानुन कार्यान्वयनमा आइसकेका छन् भने १२ वटा कानुन निर्माणको चरणमा छन् ।

 उहाँले स्थायी राजधानी कार्यान्वयनमा आफूले प्रदेशबासीलाई न्याय गरेको दावी पनि गर्नुभयो । मुख्यमन्त्री केसीले भन्नु भयो ‘नेपालको संविधानले एक पटकमात्रै प्रदेशको नाम र राजधानीको विषयमा निर्णय गर्ने अधिकार दिएको छ, हामीले प्रदेशबासीको समग्र हितका लागि एक पटक निर्णय गरेर कार्यान्वयनका लागि स्थायी मुकामबाट कार्य सञ्चालन गरिसकेका छौं ।, 

नेपालको संघीय व्यवस्थालाई मजबुत बनाउनको लागि प्रदेशको संरचना बलियोका साथसाथै अधिकारसम्पन्न र कार्यकारी बनाउनु पर्ने उहाँले बताउनुभयो । उहाँले स्थानीय तह पनि स्वायत्त सरकार भएकोले नदीजन्य पदार्थ उत्खनन गरी स्थानीय तहको विकासका लागि राजश्व लिई अगाडि बढाउनको लागि आग्रह गर्नुभयो । 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको