Chauthoanga - Nepali News Media
सुशासन र सुरक्षाको प्रत्याभूति गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ।     

 प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिनुभएको हो । 

प्रधानमन्त्री दाहालसमक्ष गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारे सङ्क्षिप्त ‘रिपोर्ट’ पेस गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको