Chauthoanga - Nepali News Media
शितलहर र प्रकोपबाट जनतालाई बचाउन सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ-​ उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिनुभएको छ ।

उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन पनि दिनुभयो । 

मन्त्री लामिछानेले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको थियो। सोही क्रममा मन्त्री लामिछानेले गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।

प्रजिअ उपाध्यायका अनुसार मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिनुभएको छ

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको