Chauthoanga - Nepali News Media
कसरी हुन्छ ‘युरिन इन्फेक्सन’ ?

काठमाडौँ- ‘युरिन इन्फेक्सन’ पुरुष वा महिला दुबैलाई हुन सक्ने एउटा समस्या हो । मुत्रासयमा ब्याक्टेरियाको संक्रमण बढदै गएपछि युरिन इन्फेक्सन हुन्छ । पुरुषहरूको तुलनामा महिलाहरूलाई बढी युरिन इन्फेक्सन हुन्छ ।

महिलामा यो धेरै हुनुको कारण उनीहरूको दिसा र पिसाब गर्ने ठाउँको दुरी छोटो हुनु हो । जसकारण ब्याक्टेरिया सजिलैसँग भित्री भागसम्म पुग्ने गर्दछ । संसारभरका महिलाहरूमध्ये आधाजसो महिलाहरू जीवनको कुनै न कुनै समयमा कम्तिमा एकपटक यो रोगबाट सक्रमित हुने गर्दछन् । यो समस्या पटक–पटक दोहोरिने गरेको पनि पाइन्छ । 

हामीले प्रयोग गर्ने शौचालयको माध्यमबाट बढी युरिन इन्फेक्सन हुन्छ । जाडो महिनामा मानिसहरू कम नुहाउँछन् । यौन अंगको सरसफाइमा ध्यान नपुर्‍याउँदा पनि युरिन इन्फेक्सन हुन्छ ।

सेक्सुअल्ली एक्टिभहरूलाई पनि युरिन इन्फेक्सन हुने संभावना बढी मात्रामा हुन्छ । यसबाट बच्नका लागि हामीले आफ्नो सरसफाइमा ध्यान दिनुपर्छ । यौन सम्पर्क गर्नुभन्दा पहिले र यौन सम्पर्क गरिसकेपछि आफनो अंग सफा राख्नुपर्छ । यतिमात्रै गर्दा पनि इन्फेक्सनबाट बच्न सकिन्छ ।

युरिन इन्फेक्सनलाई बेवास्ता गर्‍यो भने मिर्गौलामा पिप जम्ने र बिस्तारै मिर्गौला खराब हुने गर्छ । युरिन इन्फेक्सन हुनसाथ आतिनुभन्दा पनि सहि उपचारतर्फ लाग्नु बुद्धिमानी हुन्छ । युरिन इन्फेक्सन बढदै गए बिस्तारै किड्नीमा समस्या हुन सक्छ । युरिन इन्फेक्स भइहालेमा आफ्नो नजिकको युरोलोजिस्टकहाँ गएर सल्लाहमा लिनुपर्छ ।

युरिन इन्फेक्सनका कारण
- धेरै लामो समयसम्म पिसाब रोकी बस्नु 
- मधुमेहको बिरामी हुनु 
- शरीरमा पानीको मात्रा कम हुनु
- गुप्तांग सफा नहुनु
- पखला धेरै लाग्नु
- पत्थरीको समस्या हुनु
- एन्टिबायोटिक औषधिको बढी प्रयोग गर्नु 

के–कस्ता लक्षण देखिन्छन् ? 
- मुत्राशयमा पीडा हुनु
- पिसाब पोल्नु
- पिसाबको रंग गाढा पहेंलो हुनु
- पटक पटक पिसाब लाग्नु
- पेट दुख्नु
- ढाड र कम्मरमुनिको भाग दुख्नु
- ज्वरो आउनु
- पिसाबमा गन्द आउनु
- शरीरमा छटपटी हुनु,
- वान्ता आउला जस्तो हुनु 
- पिसाबमा रगत देखिनु 
- पसाब फेर्दा रोकावट आउनु, रोकिदै पिसाब आउनु

 बच्ने उपाय
- प्रसस्त मात्रामा पानी पीउने
- यौनांगको सरसफाईमा विशेष ध्यान दिने
- यौन सम्पर्कपछि तत्काल पिसाब गर्ने तथा यौनाङ्गहरू सफा गर्ने गर्ने
- प्रसस्त मात्रामा हरियो सागसब्जी र फलफूलको सेवन गर्ने
- लामो समयसम्म पिसाब रोकेर नराख्ने
- पिसाब पोल्ने समस्या लामो समय देखिएमा चिकित्सकको परार्मशअनुसार स्वास्थ्य जाँच तथा औषधि उपचार गर्ने 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ०९:०८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको