Chauthoanga - Nepali News Media
अदालती प्रकृयाको वारेमा  जानकारी नहुँदा पिडितहरु अन्याय सहन वाध्य रहेको एक कार्य्रमका सहभागिको भनाई

दाङ- बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले अदालती प्रकृयाको वारेमा नागरिकलाई जानकारी नहुँदा पिडितहरु अन्याय सहेर बस्न वाध्य रहेको बताउनु भएको छ ।उहाँले पिडितले न्याएको लागि आवश्यक पर्ने प्रकृयाको वारेमा थाहा नपाउँदा न्याय पाउन नसकेको बताउनु भयो । साथै पिडकहरु खुलेआम घुम्नेगरेको समेत अध्यक्ष पुनले बताउनुभयो ।
जिल्ला अदालत दाङले आज दाङको बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा सम्पन्न गरेको न्यायिक सम्वाद कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो बताउनु भएको हो । अध्यक्ष पुनले अहिलेको अवस्थामा हरेक नागरिकलाई अदालती प्रकृया तथा अदालतको आवश्यकता बढेर गएको बताउनु भयो ।

न्याईकि1672832750.jpg

कार्यक्रममा बोल्दै दाङ जिल्ला अदालतका न्यायाधिस कुलप्रसाद पाण्येले आफुहरुले न्याय मर्न नदिने बताउनु भयो । आफुहरुले हरेक नागरिकलाई निष्पक्ष ढङ्गबाट न्याय सम्पादन गर्न कहिले पनि पछि नपरेको  बताउनुभयो । कार्यक्रममा बोल्दै न्यायाधिस पाण्डेले कोही पनि नागरिकले अदालतबाट न्याय पाउँदिनकी भन्ने संका राख्न नहुने बताउनु भयो । आर्थिक अवस्था कमजोर भएकाका हरुको लागि राज्यलै वैतनिक वतनिक वकिल सेवा तथा स्वयच्छिक कानुनी सेवा दिईरहेको उहाँले जानकारी दिनुभयो ।

 न्याधिस पाण्डेले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई मुद्दा लड्नुपरेको खण्डमा वडा कार्यालय वा गाउँपालिकाले विपन्न नागरिकको सिफारिसका आधारमा निशुल्क मुद्दा लड्ने व्यवस्था गरेको जानकारी दिनुभो । साथै उहाँले बैतनिक तथा स्वयच्छिक कानुनी सेवा दिने वकिलहरुबाट हुने न्याय सम्पादनमा कुनै संका नगर्न समेत अनुरोध गर्नुभयो ।  

दाङ जिल्ला अदालतका न्यायाधिस कुलप्रसाद पाण्येको अध्यक्षता एवं गाउपालिका अध्यक्ष तुल्सीराम पुनमगर शुवासको प्रमुख आतिथ्यता तथा बंगलाचुली गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति बंगलाचुलीका संयोजक भक्त बहादुर जि.सीको विशिष्ट आतिथ्यतामा न्यायिक सम्पादन  कार्यक्रम सम्पन्न भएको थियो । 

न्याईक1672832774.jpg

सो अवसरमा बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,अदालतका तहसिलदार प्रेमनारायण पराजुली,अधिवक्ता किरण पौडेल,निवर्तमान गाउँपालिका उपाध्यक्ष यमुना थापा घर्तीमगर,न्यायिक समिति सदस्यहरु गणेश विश्वकर्मा, रमाकुमारी पुनमगर ,स्थानियलगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण अदालतका श्रेष्तदार उपसिचव हिरण्य प्रसाद भण्डारीले गर्नुभएको थियो ।दाङ जिल्ला अदालतले हरेक वर्ष दाङका हरेक पालिकामा पुगेर न्यायिक सम्पादन कार्यक्रम गर्दै आएको छ । सोही कार्यक्रमको पहिलो सुरुवात बंगलाचुली बाट गरिएको  छ ।  

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको