Chauthoanga - Nepali News Media
दाङको राप्ती ,बंगलाचुली गाउँपालिका हुँदै प्युठान स्वर्गद्वारी जोड्ने सडक कालोपत्रेको लागि आईई गरियो

कमिरेचौर – दाङको राप्ती गाउँपालिको श्रीनारायण चोक देखि बंगलाचुली गाउँपालिकाको वडा नम्वर पाँच,सात र आठ नम्वर वडा हुँदै प्युठान जोड्ने सडक कालोपत्र हुने भएको छ । यस सडक खण्डमा पर्ने ३३ किलोमिटर सडक कालोपत्रे गर्नका लागि सरकारले वातावरणीय प्रभाव मुल्याङ्कन (आईई) गरेको छ ।

सडकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत भु-वातावरण तथा सामाजिक शाखाले वातावरणीय प्रभाव मुल्याङ्कन (आईई) गरेको हो । वातावरणीय प्रभाव मुल्याङ्कन (आईई) कार्यमा खटिनुभएका वातावरण विज्ञ वासुदेव गजुरलेका अनुसार आईई को प्रतिवेदन माथि पठाईएपछी सरकारले सडक कालोपत्रेका लागि प्रकृया अगाडी बढाउने छ । 

सोही कार्यक्रम अनुसार आज दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ७ छापडाँडामा स्थानियहरुका विच वातावरणीय प्रभाव मुल्याङ्कन (आईई) गरिएको छ । सो कार्यक्रममा वोल्ने अधिकांस स्थानियहरुले राज्यले जनता प्रति उत्तरदायी हुँदै भौतिक विकास गर्नुपर्नेमा जोड दिएका छन् । उनिहरुले आफ्नो घर जग्गाको मुआब्जा सरकारले दिनु पर्ने माग गरेका छन् । सडक कटान गर्दा मनपरी तरिकाले नभई वातावरणीय प्रभाव मुल्याङ्कन अनुसार नै काम हुनुपर्ने माग गरेका छन् । 

ieee21673094201.jpg

कार्यक्रमा बोल्दै बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जि.जीले वातावरणीय प्रभाव मुल्याङ्कन (आईई) मा देखिएका समस्यालाई अक्षरसं पालना गर्दै सडक निर्माणको काम गर्नुपर्ने बताउनु भयो । उपाध्यक्ष जिसीले सडक निर्माणका क्रममा स्थानिय जनताको मर्म र भावनाअनुसार स्थानिय सरकार संग सहकार्य तथा समन्वय गरेर काम गर्न सुझाव दिनुभएको छ ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्ती,वडा नम्वर ७ का अध्यक्ष गिर बहादुर थापा र ८ का अध्यक्ष झविन्द्र गाहा मगरको सहभागिता रहेको थियो । भने स्थानियहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण वातावरण विज्ञ वासुदेव गजुरलेले गर्नुभएको थियो । 


 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको