Chauthoanga - Nepali News Media
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्र र देवको पहिलो अर्धशतक
thumb.jpg

काठमाडौँ — दीपेन्द्रसिंह ऐरी र देव खनालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा दुवैको पहिलो अर्धशतक हो । यू-१९ टोलीका कप्तानसमेत रहेका देवले शुक्रबार मात्रै पपुवा न्यु गिनीविरुद्धको खेलबाट एकदिवसीयमा डेब्यु गरेका थिए ।

आफ्नो पहिलो खेलमा ६ बल सामना गरेका देव शून्यमै आउट भएका थिए । शनिबार ८६ बल सामना गरेका देवले ४ चौका र ३ छक्कासहित ७२ रन बनाएर आउट भए ।


त्यस्तै सन् २०१८ को अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका दीपेन्द्रले पनि एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो प्रदर्शन सुधार्दै पहिलो अर्धशतक प्रहार गरेका हुन् ।

पपुवा न्यु गिनीविरुद्ध कमजोर सुरुवात गरेको नेपालको रन देव र दीपेन्द्रले उत्कृष्ट साझेदारी गर्दै उकासेका हुन् । टस जितेपछि पहिले ब्याटिङमा आएको नेपालले ३२ ओभरमा ३ विकेट गुमाएर १४७ रन बनाएको छ ।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल शून्य र अनिल साह १ रनमा आउट भएका थिए । अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल रहेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १२:१८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको