Chauthoanga - Nepali News Media
बंगलाचुलीमा यस आव २०७९/८० पौस सम्म १९ वटा मुद्दा दर्ता

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिकाको न्यायिक समितिमा यस आर्थिक बर्ष २०७९/८० को पौष महिनासम्म १९ वटा मुद्दा दर्ता भएका छन । जसअन्तर्गत घरायसी झगडाका सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन । सबैभन्दा धेरै घरायसी झगडाका १३, आर्थिक लेनदेनका २, यस्तै विद्यालय व्यवस्थापन समिति सम्बन्धी, जग्गा सम्बन्धी, खानेपानी तथा सरसफाइ सम्बन्धि र सडक सम्बन्धि १/१ वटा मुद्धा परेको बंगलाचुली गाउँपालिका न्यायिक समिति संयोजक एव् गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जि सिले जानकारी दिनुभयो । उहाँका अनुसार घरायसी झगडा सम्बन्धी १३ वटा मुद्दा मध्ये ४ वटा मिलापत्र भइसकेको छ । यस्तै ७ वटा अदालतमा पठाइएको छ । त्यसैगरी न्यायिक समितिको सिफारिसमा दाङ जिल्ला अदालत मार्फत ४ वटा सम्बन्ध बिच्छेद भएका छन ।आर्थिक लेनदेन सम्बन्धी २ वटा मुद्दा छलफल पछि तारेखमा रहेको न्यायिक समिति संयोजक जि सिले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिको समबन्धी मुद्धाको मिलापत्र भइसकेको छ। जग्गा सम्बन्धी विवादको मुद्दा अहिले तारेखमा रहेको र खानेपानी तथा सरसफाइ सम्बन्धी मुद्धाको मिलापत्र भइसकेको र सडक सम्बन्धी मुद्धा अहिले छलफलको क्रममा रहेको छ । न्यायिक समिति संयोकज भक्त बहादुर जि सिले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको