Chauthoanga - Nepali News Media
चाडपर्व र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्वः मुख्यमन्त्री गिरी
मुख्यमन्त्री लिला गिरी र जारी शुभकामना सन्देश.png

दाङ- मुख्यमन्त्री लिला गिरीले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिकोे लागि शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री गिरीले शुभकामना सन्देश जारी गर्दै पर्वहरुले विविधतायुक्त नेपाली समाजमा एकता, सहिष्णुता र सद्भाव कायम गर्ने उल्लेख गर्नुभएको छ ।

नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातिले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृति अनुसार मनाउने गर्दछन् । 
ज्योतिषीय दृष्टिकोणमा सूर्यले धनु राशिबाट मकर राशिमा सङ्क्रमण गरेको दिन भएको र सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता पनि छ । समग्रमा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा मकर सङ्क्रान्ति एवम् माघी पर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको छ ।

हर्ष, खुशी र मनोरञ्जनपूर्वक मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याएको छ । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा सम्वर्द्धन गर्नु हामी सबैको दायित्व हो’ मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । 
लुम्बिनी प्रदेशका सम्पूर्ण जनताको समृद्धि र विशेषगरी अल्पसंख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि प्रतिबद्ध भएर लागेका उल्लख गर्दै मुख्यमन्त्री गिरीले “समृद्ध लुम्बिनीःआत्मनिर्भर प्रदेश“ भन्ने मूल मन्त्र लिएर विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माणको लक्ष्यका साथ अघि बढेको उल्लेख गर्नुभएकोे छ ।

प्रदेश सरकारले लिएको लक्ष्यमा पुग्नका लागि सम्पूर्ण लुम्बिनीवासीको सकारात्मक साथ र सहयोगको पनि मुख्यमन्त्रीेले अपेक्षा गरेको बताउनुभएकोे छ । उहाँले पर्वले सबै नेपालीमा उत्साह एवम् उमङ्ग थपोस् र सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम होस् भन्ने उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  ०८:५३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको