Chauthoanga - Nepali News Media
मतदान केन्द्रको स्थलगत निरीक्षण
6612.jpg

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि देउखुरी क्षेत्रमा रहेका मतदान केन्द्रको स्थलगत निरीक्षण गरिएको छ । दाङका प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाको नेतृत्वमा जिल्ला सुरक्षा समिति दाङका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगायतको टोलीले राजपुर गाउँपालिकामा रहेका विभिन्न मतदान केन्द्रहरूको अवलोकन गरिएको हो ।

टोलीले यसअघि गढवा गाउँपालिकामा रहेका मतदान स्थलहरुको निरीक्षण तथा अवलोकन गरि सकेको छ । राजपुर गाउँपालिका वडा नम्बर १ मा रहेको ज्याती आधारभूत विद्यालयमा गुरुङ्खोला, बाल जनता मा. वि कटबेरु, जनज्याती मा.वि बेला, शंकर आधारभूत विद्यालय खरदरिया, आधारभूत विद्यालय दुलैया, दिब्यज्योती प्रा.वि जंग्रहवा, रात्री प्रा.वि गंगदी र आधारभुत विद्यालय सिक्टा मतदान केन्द्रको स्थलगत अवलोकन गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख अञ्जु केसीले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिले मतदान केन्द्रको भौतिक अवस्था, सुरक्षा स्थिति लगायतका विषयमा जानकारी पनि लिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।  

दाङमा अहिले एकसय ५३ वटा मतदान केन्द्र रहेका छन् । अनुगमन गरिएका आधारमा हालसम्म ती सबै केन्द्रको अवस्था सन्तोषजनक रहेको छ ।

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको