Chauthoanga
उपसभामुखको निर्वाचन आज : प्रतिस्पर्धामा इन्दिरा र मुक्ता

काठमाडौँ-आज उपसभामुख पदको निर्वाचन हुँदैछ ।उपसभामुखमा दुई जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद इन्दिरा रानामगर र विपक्षी दलहरूको तर्फबाट नेपाली काँग्रेसबाट सांसद मुक्ताकुमारी यादवले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

रानामगरको प्रस्तावकमा उहाँकै दलका सांसद सोविता गौतम रहनुभएको छ भने समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नारायणी शर्मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्छ ।

यादवको प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे रहनुभएको छ भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी रहनु भएको छ ।

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ०९:१३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको