Chauthoanga - Nepali News Media
बंगलाचुलीमा गाउँपालिका वडा नम्वर एक र चार जोड्ने ट्रसपुलको उद्घाटन सम्पन्न 

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर चार र एक जोड्ने गरि निर्माण गरीएको ट्रस पुलको आज सोमबार उद्घाटन गरिएको छ ।गँदारी गोठिबन ट्रस पुलको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर (शुवास)ले उद्घाटन गर्नुभएको हो । पुल निर्माण उपभोक्ता समितका अध्यक्ष नारायण रोकामगरको अध्यक्षतामा पुलको उद्घाटन गरीएको हो । 

बंगलाचुली गाउँपालिकाको ४ लाख ७७ हजार २ सय ३८ नगद,उपभोक्ता समितको ७३ हजार ४ सय २१ र एसपिए कार्यक्रमको ३१ लाख २० हजार ४ सय ३ गरी जम्मा ३६ लाख ७१ हजार ६२ को लागतमा पुलको निर्माण गरिएको छ । सो पुलबाट बंगलाचुली गाउँपालिका वडा नम्वर ४ र १ का २ सय ६२ घरधुरीका ३ सय ८२ परिवार लाभान्वित हुने छन् । 

326437576_619151486689106_4382317975374965413_n1674486275.jpg

कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डाँगी , वडा नम्वर ४ का निवर्तमान वडा अध्यक्ष नारायण डाँगी,वडा नम्वर एकका वडा अध्यक्ष विष्णु कवर, वडा नम्वर ४ का वडा सदस्य बोधराज परियार ,नेकपा माओबादी केन्द्र बंगलाचुली गाउँपार्टी अध्यक्ष डोमाकान्त कवर मगर, वडा नम्वर ४ का निवर्तमान वडा सदस्य टोमलाल घर्ती, वडा नम्वर एक जरुवाका कुल बहादुर कवर मगर,ईश्वरी घर्तीमगर,बंगलाचुली गाउँपालिकाका प्राविधकिहरु ऋषीकेश क्षेत्री,शक्ति सिङ जि.सी. लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण सुरेश परियारले गर्नुभएको थियो । 


 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  २०:४७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको