Chauthoanga - Nepali News Media
साँझबाट मौसम क्रमिक रुपमा सुधार हुने

दाङ- हाल देशका अधिकांस भागमा भईरहेको बदलि हट्ने जल तथा मौसम विभागले बताएको छ । विभागका अनुसार  साँझबाट मौसम क्रमिक रुपमा सुधार हुनेछ । अहिले दाङ सहित देशका अधिकांश क्षेत्रमा बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात गराएको हो ।

महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार अहिले लुम्बिनी, सुदूरपश्चिम, कर्णालीको पहाडी भू–भागमा वर्षा र हिमपात भइरहेको छ । तराईका केही भेग र गण्डकी प्रदेशमा बदली रहेको छ । काठमाडौँ उपत्यकाको आकाशमा हल्का बदली रहेको छ । 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षा हुनका साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको