Chauthoanga - Nepali News Media
बंगलाचुलीमा शैक्षिक गुणस्तर विद्धिका लागि वृहत अन्तरक्रिया कार्यक्रम आयोजना

कमिरेचौर- बंगलाचुली गाउँपालिकाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर विद्धिका लागि वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाको शैक्षिक स्तरलाई बलियो बनाउनका लागि अन्तरक्रियाबाट ठोस योजना समेत निर्माण गरिने छ । बंगलाचुली गाउँपालिकाको समग्र शैक्षिक गुणस्तरलाई चुस्तराख्नका लागि वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको शिक्षा शाखा प्रमुख ओम प्रकाश केसीले जानकारी दिनुभयो । 

मानविय विकासको पहिलो आधार शिक्षालाई गुणस्तरीय बनाउन सकेमा सक्षम जनशक्ति तथा समाज निर्माण हुने गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)को भनाई छ । उहाँले सामुदायिक विद्यालयमा शिक्षाको स्तर कमजोर हुन नदिनका लागि आफु सचेत रहेको बताउनु भयो ।गाउँपालिका अध्यक्ष पुनले आगामि दिनमा गाउँपालिकाका हरेक सामुदायिक विद्यालयमा स्तरिय शैक्षिक वातावरण तयार गरी विद्यार्थिहरुलाई शिक्षा प्रदान गर्ने मार्ग तयार पार्ने कामको सुरुवात गरेको बताउनुभयो । 

बंगलाचुली गाउँपालिकाको आयोजनामा पर्सि माघ १३ गते शुक्रवारका दिन अन्तरक्रिया कार्यक्रम हुने छ । सो कार्यक्रममा गाउँपालिकाभरका सबै सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकलाई अनिवार्य उपस्थितका लागि आमन्त्रण गरिएको छ । साथै पालिकाको ८ वटै वटका अध्यक्ष तथाकार्यपालिका सदस्यहरुलाई पनि कार्यक्रममा आमन्त्रण गरिएको छ ।   

323586840_1145172209370551_8959743395384057449_n1674641522.jpg

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको