Chauthoanga - Nepali News Media
रवि लामिछानेले आज नागरिकता लिनुहुँदै

काठमाडौँ-अनागरिक ठहरिएका रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट आज (आइतबार) नेपाली नागरिकताको प्रमाणपत्र लिने हुनुभएको छ ।  अवैध नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछाने अनागरिक भएसँगै उहाँले पुनः नागरिकता लिने हुनु भएको हो । 

अनागरिक ठहरिएसँगै लामिछानेको संसद् र उपप्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की समेत रहेको संवैधानिक इजलासका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र अनिल सिन्हाको इजलासले लामिछानेविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरेको थियो । न्युज एजेन्सी नेपालबाट

 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १०:२४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको