Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकालमा भूमिहिन सुकुम्वासीको लगत संकलन गरिने

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकालमा भूमिहिन सुकुम्वासीको लगत संकलन गरिने भएको छ । पालिका भित्रका वडाहरुमा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीको एकिन विवरण अहिले सम्म संकलन नभएको हुँदा यसलाई व्यवस्थित तरिकाले संकलन गरिने भएको हो ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)ले गाउँपालिकाको वडाहरुमा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीको एकिन विवरण संकलन कार्य छिटो भन्दा छिटो सक्नेगरी काम अगाडी बढाउन सम्पूर्ण वडाका अध्यक्षहरुलाई निर्देशन दिनुभएको छ ।

अध्यक्ष पुनले दाङको अन्य उपमहानगर पालिका तथा वडाहरुले भुमीहीनहरुलाई जग्गा वितरणको काम समेत थालिसक्दा पनि बंगलाचुलीमा यसको व्यवस्थिक कार्य प्रगति नहुनु दुखद भएको समेत बताउनु भयो । अध्यक्ष पुनले अबको केहि दिनभित्र पालिका भित्रका वडाहरुमा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीको एकिन विवरण संकलनको काम गरेर एकिन विवरण ल्याउन वडाका अध्यक्षहरुलाई आग्रह गर्नु भएको हो ।

अध्यक्ष पुनले भन्नुभयो,"संविधानले नै व्यवस्थागरेको कुरालाई हामीले व्यवास्ता गर्नु हुँदैन ।सबैले यसलाई गम्भिरताका साथ लिएर हरेक वडामा रहेका भुमिहिन,सुकुम्वासी र अव्यवस्थित बसोवासीको नछुट्नेगरी लगत संकलन गरी समयै पुर्जावितरण गर्नु पर्छ । यो हाम्रो लागि गौरवको कुरापनी हो । तशर्त आजैका मितिदेखि सबैले यो कार्यलाई सम्पन्न गर्नतर्फ लागौ ।" बंगलाचुली गाउँपालिकामा भूमि सम्वन्धि समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग दाङले बंगलाचुली गाउँपालिकाका जनप्रतिनिधिहरु संग बंगलाचुली गाउँपालिकाको कार्यालय कमिरेचौरमा आज भएको एकदिने अभिमुखिकारण कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो निर्देशन दिनुभएको हो ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)को अध्यक्षता एवं राष्ट्रिय भूमि आयोग दाङका जिल्ला अध्यक्ष लेखराज सिहको प्रमुख आतिथ्यमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिहले बंगलाचुली गाउँपालिकामा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीको विवरण समयमै संकलन गरेर जिल्लामा सिफारिस गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले बंगलाचुलीका सबै वडामा कोही पनि जग्गाविहन नहुने गरी आफ्नो कार्यलाई अगाडी बढाउन अनुरोध गर्नुभयो । यस्तै कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले बंगलाचुली गाउँपालिकामा विवदरहित तरिकाले भुमिहित सुकुम्वासी समस्या समाधान गर्नका लागि आफुहरु लागि पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,वडा नम्वर दुईका अध्यक्ष मैते पुन, तिनका अध्यक्ष शोभाराज विश्वकर्मा , चारको अध्यक्ष डाँस बहादुर डाँगी, पाँचका अध्यक्ष लिला बहादुर घर्तीमगर, छ का अध्यक्ष डोम बहादुर केसी,आठका अध्यक्ष झविन्द्र गाहामगर , वडाका अध्यक्षहरु, आयोगका विज्ञ सदस्य लक्ष्मी चौधरी, सदस्य कमला जिसी, ,कार्यपालिका सदस्यहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपलिकला प्रशासन शाखा प्रमुख गोपाल केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको