Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकामा संयुक्त गठबन्धनमा आवद्ध दलका उम्मेवार द्वारा चुनावी घोषणापत्र सार्वजनिक

दाङ- दाङको बंगलाचुली गाउँपालिकामा संयुक्त गठबन्धनमा आवद्ध दलका उम्मेवारले एउटै चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । उक्त घोषणा पत्रमा किसानलाई पेन्सनदेखि एक घर एक रोजगारी प्रदान गर्नेसम्मको योजना अघि सारिएको छ । घोषणा पत्रमा आगामी पाँच वर्षमा गरिने कामको खाका तयार पारिकएको छ । 

गठबन्धनले घोषणा पत्रमा कृषि अर्थतन्त्रको प्रमुख आधार भएको भन्दै मुख्य प्राथामिकतामा राखिएको छ । ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ ‘एक घर एक रोजगारी ’ स्वास्थ्य जीवन नागरिकको अधिकार  , स्थानिय सरकार पूर्णरुपमा जिम्मेवार ,‘अर्थतन्त्रको प्रमुख आधारः कृषिमा आमूल सुधार’ भन्ने नारालाई अघि सारेको छ । कृषकलाई कृषक परिचयपत्र बनाई कृषि विमा र कृषक पेन्सनको कार्यक्रम अघि बढाइने घोषणा पत्रमा उल्लेख छ ।

त्यस्तै शिक्षालाई दोस्रो प्रथामिकतामा राख्दै माध्यामिक तहसम्मको शिक्षालाई गुणस्तीय बनाउने र शिक्षालाई सबैको पहुँच पुर्याखउने उल्लेख गरिएको छ ।भने वालवालिकाको सिकाईको आरम्भ स्थल बालशिक्षालाई सामुदायिक मन्टेस्वरीको रुपमा विकास गर्ने,  स्वास्थ्य क्षेत्रमा अति विपन्न तथा मजदुर परिवारलाई निःशुल्क औषधी उपचार र स्वास्थ्य परीक्षणको  व्यवस्था गर्ने पनि संयुक्त गठबन्धनका उम्मेद्वारहरुको घोषणा पत्रमा उल्लेख छ ।

त्यस्तै रोजगारीका लागि ‘गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी’ कार्यक्रम सञ्चालन गर्ने र एक घर एक रोजगारी कार्यक्रमबाट रोजगारीलाई उत्पादनसँग जोड्ने पनि घोषणा पत्रमा उल्लेख गरिएकोछ ।बंगलाचुली गाउँपालिकामा नेकाप माओबादी केन्द्र र नेपाली काग्रेसको विचा चुनावी तालमेलबाट यसपटकको निर्माचनमा उम्मेद्वारहरु चुनावी मैदानमा होमिएका छन्। नेकपा माओबादी केन्द्रबाट तुल्सीराम पुनमगर शुवास गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार रहनुभएको छ ।  भने नेपाली काग्रेसका तर्फबाट भक्त बहादुर जीसी पालिका उपाध्यक्ष पदका उम्मेद्वार रहनु भएको छ ।   

यसैविच घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्रका स्थायी कमटी सदस्य कृष्णबहादुर महराले अहिलेको गठबन्धन लोकतन्त्रको रक्षाका निमित्त भएको बताउनुभएको छ । उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रतिगनका विरुद्ध अहिले देशभर चुनावी तालमेल भएको स्मरण गराउँदै गठबन्धनका उम्मेद्वारहरुलाई जसरी पनि जिताउन अपिल गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका महराले संघियता,गणतन्त्र,धर्मनिरपेच्छेताको रक्षा गर्नु हरेक कार्यकर्ताको दायित्वरहेको बताउँदै गठबन्धनका पक्षमा सबै नेताकार्यकर्ताहरु लाग्नुपर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरेले देशमा स्थायी सरकार ,दिगोविकासका लागि अहिले गठबन्धनगरी चुनावमा आएको भन्दै यसमा सबैले हातमा हात साथमा साथ मिलाएर लाग्नु पर्नेमा जोड दिनुभयो ।नेपाली काग्रेसमा निति र नेतृत्वको आदेशको पालना गर्ने परिपाटी भएको स्मरण गराउँदै हरेक नेता कार्यकर्ताले गठबन्धनका उम्मेद्वारहरुलाई भोट गरि विजयी बनाउन आग्ग्रह गर्नुभयो ।

नेकपा माओबादी केन्द्रका बंगलाचुली गाउँ कमिटी अध्यक्ष डोमाकान्त कवर मगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेपाली काग्रेस लुम्विनि प्रदेश प्रतिनिधि नारायण भण्डारीले गर्नुभएको थियो ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको